काठमाडौँ । प्रधानमन्त्री बालेन साहले मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर गरेका छन् । मंगलबार प्रधानमन्त्री साहको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले मर्यादाक्रम हेरफेर गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर गरेको जनाइएको छ । जसअनुसार मर्यादाक्रममा दोस्रो नम्बरमा अर्थमन्त्री डा.स्वर्णिम वाग्ले यथावत रहेका छन् भने यसअघि तेस्रो नम्बरमा रहेका गृहमन्त्री सुदन गुरुङलाई पाँचौँ नम्बरमा झारिएको छ। त्यस्तै, चौथो नम्बरमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाललाई तेस्रो नम्बरमा ल्याइएको छ ।

