भक्तपुर । जिल्ला प्रहरी परिसर भक्तपुरले सञ्चालन गरेको स्वीप अपरेसनमा ३६ जनालाई विभिन्न स्थानबाट पक्राउ गरिएको छ ।
प्रहरी परिसर प्रमुख सूर्यबहादुर खड्काले भने, ‘स्वीप अप्रेसनमा आइतबार ३६ जना पक्राउ गर्यौँ, शनिबार ६० जना पक्राउ गरेका थियौँ । पक्राउ परेका सबैलाई हिरासतमा राखेर अनुसन्धान सुरु गरेका छौँ ।’
उनले विभिन्न घटनामा संलग्न रहेको आधारमा धेरै व्यक्ति पक्राउ गरेको जानकारी दिँदै स्वीप अप्रेसन जारी राखेको बताए ।
सार्वजनिकस्थलमा शान्ति सुरक्षा भङ्ग गर्ने खालका क्रियाकलाप गर्ने, शंकास्पद गतिविधि गर्ने, लागूपदार्थ सेवन गर्ने, विभिन्न स्थानमा समूहमा बसेर गलत गतिविधि र होहल्ला गर्ने जस्ता गतिविधि गर्नेलाई पक्राउ गरिएको उनले जानकारी दिए ।
