ओली र लेखकलाई थप पाँच दिन थुनामा राख्न अनुमति

काठमाडौँ । अदालतले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकलाई थप पाँच दिन थुनामा राख्न अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौँले आइतबार उनीहरूविरुद्ध ५ दिन म्याद थप गरेको हो ।

जेनजी आन्दोलनमा दमन गरेको ठहर गर्दै जाँचबुझ आयोगले उनीहरुलाई ज्यानसम्बन्धी कसुरमा अनुसन्धान गर्न सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा ओली र लेखकलाई प्रहरीले चैत १४ गते पक्राउ गरेको थियो ।

उनीहरुको पक्राउ गैरकानुनी भन्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको छ । सो रिट सर्वोच्चमा हेर्दाहेर्दैमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *