काठमाडौं । शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल थुनामुक्त भएका छन् । शुक्रबार पक्राउ परेका अग्रवालको बयान आइतबार सकिएपछि थुनामुक्त गरिएको सम्पत्ति शुद्धीकरण विभागका प्रमुख गजेन्द्र ठाकुरले जानकारी दिएका छन् ।
उनका छोरा सुलभ अग्रवाललाई भने थुनामै राखिएको छ । सुलभ आइतबार विभागको सम्पर्कमा पुगेका थिए । उनलाई भने पाँच दिनका लागि जिल्ला अदालत काठमाडौँले म्याद थप गरेको छ ।
