काठमाडौँ। राष्ट्रियसभा उपाध्यक्षमा नेकपा (एमाले) का सांसद लीलाकुमारी भण्डारीले उम्मेदवारी दिएकी छन्।
संघीय संसद् सचिवालयको कार्यतालिकाबमोजिम उनलाई निर्वाचित गरियोस् भनी प्रस्तावको सूचना दर्ता भएको हो।
उनको प्रस्तावकमा एमालेका प्रेमप्रसाद दङ्गाल र समर्थकमा नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का मदनकुमारी शाह र जनता समाजवादी पार्टी नेपालका पूजा चौधरी छन्।
