काठमाडौं । प्रतिनिधिसभाको सभामुखमा डीपी अर्याल निर्विरोध निर्वाचित भएका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्याल सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् ।
गत शुक्रबार सभामुख पदमा मनोनयन दर्ता गर्ने क्रममा अर्यालको मात्रै उम्मेदवारी परेको थियो ।
