इरानमा खसालिएको एफ–१५ का पाइलटको उद्धार

वासिङ्टन । अमेरिकाले इरानमा खसालिएको एफ–१५ लडाकु विमानका एक पाइलटलाई सुरक्षित उद्धार गरेको छ । अमेरिकी दुई अधिकारीलाई उदृत गर्दै रायटर्सले पाइलटको उद्धार गरेको जनाएको हो ।

उद्धारबारे विस्तृत विवरण तत्काल सार्वजनिक गरिएको छैन। अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले पनि यस विषयमा प्रतिक्रिया दिएको छैन।

ती पाइलट एफ–१५ को दुई सदस्यीय चालकदलमध्ये दोस्रो सदस्य हुन्। इरानले शुक्रबार आफ्नो हवाई प्रतिरक्षा प्रणालीमार्फत उक्त विमान खसालेको दाबी गरेको थियो। यसअघि चालकदलका पहिलो सदस्यलाई पनि सुरक्षित उद्धार गरिएको समाचार आएको थियो ।

घटनाले इरान, अमेरिका र इजरायलबीचको तनाव थप चर्किएको संकेत दिएको छ। तोकिएको समयसीमाअघि कूटनीतिक र सैन्य दबाब तीव्र बन्दै गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *