३६ वर्षसम्म हत्कडी सुरक्षाकर्मीलाई लगाइदिएको रहेछः गृहमन्त्री गुरुङ

काठमाडौँ । गृहमन्त्री सुदन गुरुङले अपराधीलाई लगाउनुपर्ने हत्कडी ३६ वर्षदेखि सुरक्षाकर्मीलाई लगाएर राखिएको टिप्पणी गरेका छन् । सामाजिक संजालमार्फत गृहमन्त्री गुरुङले यस्तो बताएका हुन् । पछिल्लो समय भ्रष्टाचारमा मुछिएका र गुण्डागर्दीमा संलग्नलाई पक्राउ गर्ने अभियानमा लागेका गृहमन्त्रीले यस्तो टिप्पणी गरेका हुन् । पुराना भनिएका

दलले सत्तामा रहँदा अपराधीलाई संरक्षण गरी सुरक्षाकर्मीलाई बन्धक बनाइएको उनले संकेत गरेका छन् । उनले भनेका छन्, ‘३६ वर्षसम्म हत्कडी सुरक्षाकर्मीलाई लगाइदिएको रहेछ।’ अहिले सरकारले विचौलिया, व्यापारी तथा गुण्डागर्दीमा संलग्नहरुलाई धमाधम पक्राउ गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *