वैदेशिक रोजगारीमा ठगी गर्ने ३५२ जना आरोपीको विवरण सार्वजनिक

काठमाडौँ । वैदेशिक रोजगार विभागले नेपालीलाई विदेश पठाउँदा ठगी गरेको आरोप लागेकाहरूको विवरण सार्वजनिक गरेको छ ।

विभागले शुक्रबार एक सूचनामार्फत पछिल्लो एक महिनामा विभागको अनुसन्धान तथा मुद्दा शाखामा व्यक्तिगत रूपमा ठगी गरेका (वैदेशिक रोजगारसम्बन्धी कसुर मुद्दा)मा जाहेरी दर्ता भएकाहरूको नामावली सार्जजनिक गरेको हो ।

सार्वजनिक सूचनामा ३५२ वटा जाहेरी परेका छन् भने त्यसमा ३५२ भन्दा बढीलाई प्रतिवादी बनाइएको छ । एउटै जाहेरीमा ८१० जनासम्म प्रतिवादी रहेका विभागले जनाएको छ । विभागले गत फागुन १७ गतेदेखि यही चैत १७ गतेसम्म व्यक्तिगत रूपमा जाहेरी परेका प्रतिवादीहरूको नाम सार्वजनिक गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *