बचतकर्ताको करोडौँ ठगेर फरार गौतम श्री र गोरखा सहकारीका संचालक पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँको कुलेश्वरस्थित गौतमश्री बहुउद्देश्यीय सहकारीका व्यवस्थापक रवीन विष्टसहित ५ जनालाइ पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शुक्रबार बचतकर्ताको सवा अर्ब रुपैयाँभन्दा बढी रकम अपचलन गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सहकारीका मुख्य व्यवस्थापक विष्ट छन् । त्यस्तै गोरखा सहकारीका अध्यक्ष इमानसिंह राई, प्रमुख कार्यकारी अधिकृत लालबहादुर क्षेत्री, प्रमुख कार्यकारी अधिकृत अविन कुमार राई र पूर्वलेखा सदस्य कर्णबहादुर राई छन् ।

उनीहरूले बचतकर्ताको पैसाले काठमाडौँका विभिन्न स्थानमा घरजग्गा खरिद गरेको र सो सम्पत्ति रोक्का राख्ने प्रक्रिया चलिरहेको छ । सहकारीले बचतकर्ताको मुद्दती र बचत खातामा रहेको करिब १ अर्ब ७५ करोड रुपैयाँ फिर्ता नगरेपछि १ हजार १ सयभन्दा बढी बचतकर्ताले सहकारी विभागमा उजुरी दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *