काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिमछानेले पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउलाई प्रतिशोध र हतारको रूपमा व्याख्या गरिएकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
शुक्रबार प्रतिनिधिसभाको नयाँ सभामुखका लागि उपसभापति डीपी अर्यालले मनोनयन दर्तापछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले लेखकको पक्राउलाई प्रतिशोध र हतारको रूपमा व्याख्या गरिएको भन्दै न्याय पाउने पहिलो अधिकार र हतार शहीद परिवारलाई भएको बताएका छन् ।
उनले भने,‘गृहमन्त्रीको पक्राउलाई प्रतिशोध भन्नु हतार भयो । आफ्ना कलिला बालबालिका गुमाएका अविभावकलाई न्यायको हतारो होला नि । त्यति हरातो त कसैलाई छैन् होला नि ? त्यसैले न्याय पाउने पहिलो हक शहीद परिवारको हो । घाइते परिवारको हो । न्याय पाउने हक सबैलाई छ । राजनीतिक रुपमा लागेको कुरा पहिलो हक चाहिँ शहीद परिवारको हो ।’
उनले आफूहरू सार्वजनिक परीक्षण (पब्लिक अडिट) मा रहेको भन्दै नागरिकले सबै गतिविधि नियालिरहेको बताए । ‘हामी पब्लिक अडिटमा छौं । नागरिकले यसलाई हेरिरहनु भएको छ । हामीले बोलेर भन्दा पनि काम गरेर देखाउँछौ,’उनले भने ।
