सभामुख निर्वाचनको उम्मेदवारी दर्ता आज

सभामुखका लागि आज उम्मेदवारी दर्ता
काठमाडौं । प्रतिनिधिसभा सभामुखका लागि आज उम्मेदवारी दर्ताको समय दिइएको छ । संघीय संसद् सचिवालयले प्रकाशित गरेको तालिकाअनुसार सभामुख चयनका लागि आइतबार निर्वाचन हुनेछ ।
तालिका अनुसार आज बिहान ११ बजेदेखि २ बजेसम्म उम्मेदवारी दर्ता गरिनेछ भने २ः३० बजे सूचनाको दर्ता क्रमअनुसार सूची प्रकाशित गरिने छ। चैत २२ गते बिहान ११ बजे प्रतिनिधिसभा बैठकमा सभामुख पदको निर्वाचन हुने जनाइएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सभामुखको लागि पार्टी उपसभापति डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय गरेको छ । बिहीबार बसेको संसदीय दलको बैठकलले अर्याललाई सभामुख बनाउने निर्णय गरेको हो

Leave a Reply

Your email address will not be published. Required fields are marked *