सरकारले खटायो ७८ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७८ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाएको छ ।

मन्त्रालयले बिहीबार नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, राजपत्राकिंत तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरहका कर्मचारीलाई रिक्त स्थानमा खटाएको हो । यी कर्मचारीहरूलाई विभिन्न मन्त्रालय र निकायबाट पालिकाहरूमा पठाइएको छ ।

प्रमुख प्रशासकीय अधिकृतको जिम्मा पाउनेमा विभिन्न मन्त्रालय अन्तर्गतका शाखा अधिकृतहरू धेरै छन् । केही नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृतहरूलाई गाउँपालिकामा खटाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *