आठ महिनामा भित्रियो साढे १४ खर्ब रेमिट्यान्स

काठमाडौं । चालु आर्थिक वर्षको आठ महिनामा रेमिट्यान्स साढे १४ खर्ब भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार फागुनमा मात्रै १ अर्ब ८८ अर्ब ६४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । समीक्षा अवधिमा विप्रेषण आप्रवाह ३७.७ प्रतिशतले बढेको तथ्यांकले देखाएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ९.५ प्रतिशतले बढेको थियो । यो वर्षको फागुन महिनामा विप्रेषण आप्रवाह १ खर्ब ८८ अर्ब ६४ करोड रहको छ भने गत वर्षको सोही समयमा विप्रेषण आप्रवाह १ खर्ब ५१ अर्ब १९ करोड रहेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या २ लाख ७३ हजार ५३६ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या २ लाख ५१ हजार ९८५ रहेको छ । त्यस्तै विदेशी विनिमय सञ्चिति फागुन मसान्तसम्ममा २३ अर्ब डलर नाघेको छ ।

८ महिनाको तथ्यांक अनुसार विदेशी विनिमय संचिति २३ अर्ब ८ करोड डलर (३४ खर्ब १२ अर्ब ७७ करोड रुपैयाँ बराबरको) छ । गत असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति फागुनसम्ममा आइपुग्दा २७.५ प्रतिशतले बढेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८२ असार मसान्तमा २४ खर्ब १४ अर्ब ६४ करोड रुपैयाँ रहेकोमा २०८२ फागुन मसान्तमा २५.७ प्रतिशतले बढेर ३० खर्ब ३५ अर्ब ११ करोड पुगेको छ । विदेशी विनिमय सञ्चिति २१.४ महिनाको वस्तु आयात र १८.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *