इरानी सर्वोच्च नेताद्वारा पूर्वाधार पुनःस्थापना अभियानको आह्वान

तेहरान। इरानका सर्वोच्च नेता मोज्ताबा खमेनीले अमेरिकी आक्रमणका कारण भएको विनाशलाई सम्बोधन गर्न प्रेरित गर्दै मुलुकको पूर्वाधार पुन:स्थापना गर्न राष्ट्रव्यापी अभियानको आह्वान गरेका छन्।

इस्लामिक गणतन्त्र दिवस र राष्ट्रिय प्रकृति दिवस मनाउन बुधबार आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आह्वान गरेका हुन्। देशमा द्वन्द्व पछि निरन्तर समृद्धि सुनिश्चित गर्न सयुक्त प्रयासमा केन्द्रित हुनुपर्नेमा उनले जोड दिएका छन्।

मिडियाका अनुसार स्वर्गीय अयातुल्ला अली खामेनीका सुपुत्र मोजताबाले युद्वले यहाँका मानिसहरुमा मात्र प्रभाव नगरि धेरै क्षेत्रलाई लक्षित गरेको उल्लेख गरेका छन्। उनले अमेरिकी आक्रमणको निन्दा गर्दै यस्तो समयमा राष्ट्र आन्तरिक विकासमा केन्द्रित रहनुपर्ने बताएका छन्।

जनताको समर्थनलाई आत्मसात गर्दै उनले पछिल्लो समयमा राष्ट्रले स्थिरता र गरिमाको भावना कायम राखेको बताएका सञ्चारमाध्यामहरुले जनाएका छन्।

सम्बोधन फेब्रुअरी– २८ मा भएको अमेरिकी आक्रमणका क्रममा ज्यान गुमाउनेहरूप्रति समर्पित गरिएको मिडियाले रिपोर्ट गरेका छन्।

यसैबिच उनले मिनाबको विद्यालयमा भएको आक्रमणलाई विर्सिन नसकेको बताएका छन् । जसको परिणामस्वरूप १८६ जना विद्यार्थीको मृत्यु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *