सुहाङलाई वर्तमान सुरक्षित भएकोमा बधाई !

-नारायण पौडेल ।

यो समय रवि–बालेनको हो । बेलुनजस्तै आकाशिएको उनीहरुको उचाईलाई जस्तै बलशाली बलले पनि तत्कालै भेटाउन सक्दैन। त्यसमाथि सुहाङले भेटाउन सक्दै सक्दैनन्, अहिलै । उनले भेटाउन प्रयासमात्र गरे उनलाई नेपो बेबीको भाटा लगाइनेछ ।

सुहाङको राजनीतिमा योगदान र साइनो मूलतः सुवास नेम्वाङ पुत्र हुनु हो । उनी सुशील, संयमित र तार्किक छन्, जुन विशेषतः पैतृक सम्पत्ति (जेनेटिक प्रपटी) हो । अहिले उनलाई रुचाइएजस्तो सुनिनु उनी रवि–बालेनप्रति तुलनात्मकरुपमा नरम सुनिएर हो । खासमा सुहाङ राजनीतिकरुपमा ओलीका मानस पुत्र हुन् । आफैँले निर्माण गरेको संविधानको मर्म विपरीत ओलीले संसद विघटन गर्दा पिता सुवासले चुइक्क गरेनन्, वकालतमा रहेका सुहाङको साईसुईं सुनिएन ।

नयाँ अनुहार आउँदैमा जनमत पोल्टामा पर्ने भए कांग्रेसको यो हविगत हुने थिएन । जसरी ढिलासुस्ती कमजोरी हो, त्यसैगरि धैर्यता शक्ति हो । गगनले धैर्यता गर्न सकेको भए आज मानिसहरुलाई गगनको नेतृत्वमा कांग्रेस चुनावमा गएको भए के के न हुन्थ्यो भन्ने लाइरहन्थ्यो । निर्विकल्प नेताको रुपमा गगनले अर्को चुनावको तयारी गर्न सक्थे, सायद ।

अहिले समर्थक र प्रस्तावक नबसिदिएर पाका संसदले सुवाङलाई गुन लाइदिएका छन् । सत्ताले मैमत्त भएमा बेलुनसरी उढेका बालेनहरुको हावा बिस्तारै खुस्किनेछ, त्यसपछि मात्र सुहाङहरुको समय आउनेछ । समयभन्दा अघि र समयभन्दा पछि जति गरेपनि केही हुँदैन। सुहाङलाई वर्तमान सुरक्षित भएकोमा बधाई ! भविष्यका लागि शुभकामना !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *