टर्कीको तटमा डुङ्गा डुब्दा १८ जनाको मृत्यु

इस्तानबुल । टर्कीको दक्षिणपश्चिमी प्रान्तको मुग्ला तटमा बुधबार अवैध आप्रवासी बोकेको डुङ्गा डुब्दा कम्तीमा १८ जना आप्रवासीको मृत्यु हुनुका साथै अन्य २१ जनाको उद्धार गरिएको टर्कीको तट–रक्षकले जनाएको छ ।

मिडियाका अनुसार बोडरम जिल्लाको रिसोर्टबाट गएको डुङ्गा स्थानीय समय अनुसार विहान करिब छ बजे दुर्घटनामा परेको थियो ।

दुर्घटनाको सुचना प्राप्त भए पछि, टर्कीको तटरक्षकले आपतकालीन सुरक्षा व्यवस्थापनका लागि आवाश्यक डुङ्गा तथा पानी जहाजहरूलाई घटनास्थलमा तैथान गरेको उल्लेख गरेको छ । अधिकारीहरूले बेपत्ता व्यक्तिहरूको खोजी तथा उद्धार कार्य निरन्तर जारी रहेको जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *