संसदीय दलको नेता चयनप्रति योगेशको असन्तुष्टि

काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले संसदीय दलको नेचा चयनप्रति असन्तुष्टि जनाएका छन् ।

बुधबार संसदीय दलको नेताको निर्वाचनमा रामबहादुर थापा निर्विरोध निर्वाचित भएका थिए । दलको नेतामा युवा नेता सुहाङ नेम्वाङले पनि दाबी गरेका थिए । तर भट्टराईले एमालेको संसदीय दलको नेता छान्न जुन तरिका र शैली अपनाइयो यसबाट सिंगो पार्टीपंक्तिलाई थप चिन्तित बनाएको बताएका छन् ।

उनले केही दिनको समय लिएर पार्टी नेतृत्व सांसदहरुका बीचमा छलफलका माध्यमबाट उच्चस्तरको समझदारीमा पुग्नुको सट्टा सांसदहरूलाई दबाबमा राखेर निर्णय गरिएको आरोप लगाएका छन् ।

उनले भनेका छन्, ‘निर्वाचनबाट पार्टीलाई गंम्भीर धक्का लागेको, पार्टी र नेतृत्वप्रति व्यापक जनगुनासो रहेको, पार्टी अध्यक्ष स्वयं गिरफ्तारीमा पर्नु भएको समग्रमा हाम्रो आन्दोलनले बहुआयामिक प्रतिकुलताको सामना गरिरहेको वर्तमान अवस्थामा नेकपा एमालेको व्यापक पुनर्गठनमार्फÞत बलियो एकता बनाउँदै जनविश्वास जागृत गर्नु पर्ने बेलामा आज नेकपा एमालेको संसदीय दलको नेता छान्न जुन तरिका र शैली अपनाइयो यसबाट सिंगो पार्टीपंक्तिलाई थप चिन्तित बनाएको छ । केही दिनको समय लिएर पार्टी नेतृत्व र माननीय सांसदहरुका बीचमा छलफलका माध्यमबाट उच्चस्तरको समझदारीमा पुग्नुको सट्टा सांसदहरूलाई दबाबमा राखेर जे गरियो यो राम्रो भएन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *