इनिशा विकको हत्या आरोपमा चार नाबालकलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

सुर्खेत । जिल्ला अदालत सुर्खेतले इनिशा विकको हत्या आरोपमा पक्राउ परेका चार जना नाबालकहरूलाई पुपर्पक्षका लागि बाल सुधारगृह पठाउन आदेश दिएको छ ।

मंगलबार न्यायाधीश दीपक ढकालको इजलासले चारै जना नाबालकहरूलाई पुर्पक्षका लागि बाल सुधारगृहमा पठाउने आदेश दिएको हो ।

उनीहरूलाई बालबालिका ऐन २०७५ को दफा २४ को उप दफा २ (ख) बमोजिम बाल सुधारगृहमा पठाएको सुर्खेत जिल्ला अदालतका सूचना अधिकारी उज्वलदेव रावलले जानकारी दिएका छन् । सुर्खेतको गुर्भाकोट नगरपालिका–६, बडाखोलीकी १६ वर्षकी इनिशाको फागुन २३ गते बिहान ‘प्रयोगात्मक परीक्षा छ’ भन्दै घरबाट निस्किएकी थिइन् ।

तर उनी वीरेन्द्रनगर–४ स्थित सहिद पार्क नजिकैको जंगलमा बेहोस अवस्थामा भेटिएकी थिइन् । मृतकका आफन्तले इनिशामाथि बलात्कारपछि हत्या गरिएको दाबी गर्दै दोषीलाई हदै सम्मको कारबाहीको माग राख्दै आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *