भारतबाट उपभोक्ताले किन्नै नसक्ने गरी बढेर आयो इन्धनको मूल्य, नेपालमा भने मूल्य यथावत

काठमाडौँ । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा निरन्तर वृद्धि भएपनि उपभोक्ताको हितलाई ध्यानमा राख्दै पेट्रोल र डिजेलको मूल्य यथावत् राखेको छ ।

अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य भने बढाइएको छ । भारतबाट पेट्रोलमा प्रतिलिटर ४१ रुपैयाँ ६० पैसा तथा डिजेल र मट्टितेलमा प्रतिलिटर ९४ रुपैयाँ ९३ रुपैयाँ बढेर आएको निगमले जनाएको छ । यो नयाँ मूल्य समायोजन चैत १८ गते बिहान १ बजेदेखि लागू हुने निगमले जनाएको छ ।

यद्यपि आन्तरिक हवाई इन्धनको मूल्य भने घटाइएको छ । मध्यपूर्वको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि हुँदा निगमलाई पछिल्लो १५ दिनमा २१ करोड रुपैयाँ घाटा भएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *