काठमाडौं । एएफसी एसियन कप छनोटको तेस्रो चरण अन्तर्गत भएको आफ्नो अन्तिम खेलमा नेपाल पराजित भएको छ । मंगलबार बेलुकी भएको खेलमा नेपाल लाओससँग १-० गोलले पराजित भएको हो ।
लाओ नेसनल स्टेडियममा भएको खेलमा लाओसलाई जित दिलाउन बोउन्पाचन बौन्कोंगले एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ४८ औँ मिनेटमा बौन्कोंगले गरेको गोलनै लाओसको जितमा निर्णायक बन्यो ।
जितसँगै लाओस ६ खेलबाट ६ अंक जोड्दै समूह ‘एफ’को तेस्रो स्थानमा रहँदा समान खेलबाट ३ अंक जोडेको नेपालले पुछारमा रहेर छनोटको अन्त्य गरेको छ ।
