काठमाडौँ । महिलाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले रेस्लर भगवती खड्कालाई पक्राउ गरेको छ । रामेछापको मन्थली नगरपालिका–१२ घर भएर शान्तिनगर बस्ने खड्कालाई काठमाडौँबाट पक्राउ गरिएको साइबर ब्यूरोका एसपी दिलीप कुमार गिरीले जानकारी दिएका छन् ।
खड्काले सामाजिक सञ्जालमा पीडित महिलाको फोटोमा अश्लील कमेन्ट गरेर सार्वजनिक बेइज्जत गरेको आरोप छ । मंगलबार पक्राउ गरेर उनीविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गत कसुरमा ४ दिनको म्याद लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

