इन्डोनेसियामा डुङ्गा डुब्दा फसेका चालक दलका सबै सदस्यको जीवितै उद्धार

जकार्ता। इन्डोनेसियाको उत्तरी मालुकु प्रान्तको तालियाबुमा डुङ्गा डुब्दा फसेका २१ जना चालक दलका सदस्यहरूको संयुक्त खोजी र उद्धार टोली (एसएआर) ले जीवित उद्धार गरेको स्थानीय अधिकारीहरूले मंगलबार बताएका छन् ।

जिवित व्यक्तिहरू र एसएआर कार्यालयको समन्वयमा पालु खोजी र उद्धार कार्यालयबाट एसएआर टोलीले स्थानीय समय अनुसर विहान लगभग ०८ः२४ मा दक्षिण बोलाङ मोङ्गोन्डो, उत्तरी सुलावेसीको पानीमा बगिरहेको डङ्गा फेला पारेको जनाइएको छ ।

माछा मार्ने डुङ्गामा रहेका २१ जना मध्ये एकजना क्याप्टेन, एकजना चिफ इन्जिनियर र १९ जना चालक दलका सदस्यहरू रहेको पालु एसएआर अफिसका प्रमुख मुह रिजालले बताएका छन् । सबै सदस्यहरूलाई सुरक्षित फेला परे पछि एसएआर सञ्चालन हाललाई बन्द गरिएको उनले बताए ।

रिजालले सबै मानिसहरूलाई उद्धार गरि स्वास्थ्य जाँचका लागि स्थानीय अस्पतालमा लगिएको बताए ।

यस अघि आइतबार साँझ तालियाबु टापुबाट केमा गाउँ प्रस्थान गरे पछि उक्त डुङ्गा डुबेको रिपोर्ट गरिएको थियो भने डुङ्गामा रहेका सबै यात्रुहरू बेपत्ता भएको पालु खोजी र उद्धार कार्यालयले जनाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *