काठमाडौँ । प्रधानमन्त्री बालेन साहले सुदूरपश्चिमका सांसदहरूसँग छलफल गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुदूरपश्चिमका विभिन्न दलका सांसदहरुलाई बोलाएर प्रधानमन्त्रीले छलफल गरेका हुन् ।
प्रधानमन्त्रीले तत्काल गर्नुपर्ने काम र समस्याको समाधानका विषयमा सांसदहरुको राय लिन यसरी छलफल सुरु गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यसअघि सोमबार प्रधानमन्त्रीले कोशी र कर्णालीका सांसदहरूसँग छलफल गरेका थिए । प्रधानमन्त्री शाहले प्रदेशगत रूपमा प्रतिनिधिसभाका सांसदहरूसँग क्रमशः छलफल गरिरहेका छन्।
