काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले मधेस केन्द्रित दलका नेताहरुसँगको भेटलाई अघि बढाएका छन् । मंगलबार सभापति लामिछानेले राष्ट्रियसभा सदस्य महन्थ ठाकुर र आम जनता पार्टीका अध्यक्ष प्रभु साहसँग भेटवार्ता गरेका छन् ।
ठाकुरसँगको भेटमा वर्तमान राजनीति, मधेसको विकास र प्राथमिकता दिनुपर्ने योजना लगायत विषयमा छलफल भएको छ । पछिल्लो जनादेशअनुसार समग्र विकासका निम्ति सहकार्य गरेर अघि बढ्ने कुरामा दुबै पक्ष एकमत भएका छन् ।
त्यस्तै लामिछानेले आम जनता पार्टीका अध्यक्ष साहसँग पनि भेट गरेका छन् । भेटमा लामिछानेले मधेसलाई सरकारले प्राथमिकतामा राखेर काम गर्ने जानकारी गराएका थिए ।
देश र अझ विशेषगरी मधेसले परिवर्तन चाहेको जनमतबाट स्पष्ट देखिएकाले यसलाई आत्मसात् गरि पारस्परिक सहयोगमार्फत अघि बढ्ने विषयमा छलफल केन्द्रित भएको लामिछानेको सचिवालयले जनाएको छ । त्यसक्रममा अध्यक्ष साहद्वारा पार्टी र सभापति लामिछानेले औपचारिक रूपमा बधाई दिएका थिए ।
