कांग्रेसको देउवा पक्षको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौँ । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काको आह्वानमा धुम्बाराहीस्थित आज बैठक बस्न लागेको हो ।

बैठकमा गत पुसमा भएको विशेष महाधिवेशन स्वीकार नगरेका प्रदेश कार्यसमिति सभापतिहरूलाई पनि बोलाइएको छ । पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि कार्यवाहक सभापतिको हैसियतमा वक्तव्य जारी गरेका खड्काले केन्द्रीय कार्यसमिति बैठक बोलाएका हुन् ।

यसअघि सोमबार देउवा पक्षले निर्वाचित सांसदहरुलाई बोलाएर बधाई तथा शुभकामना दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *