फिनल्याण्डमा युक्रेनी ड्रोन दुर्घटना, गलत निशाना लागेको भन्दै क्षमा याचना

किएभ । गत साताको अन्त्यमा दक्षिणी फिनल्याण्डमा दुई युक्रेनी ड्रोन दुर्घटनाग्रस्त भएको पु्ष्टि गर्दै युक्रेनले हेलसिन्कीसँग यसका लागि माफी मागेको छ । युक्रेनी विदेश मन्त्रालयले घटना गल्तीबस भएको भन्दै माफी मागेको हो ।

मस्कोले रातिको समयमा युक्रेनी ब्यारेज र अन्य सैन्य स्थलहरूलाई लक्षित गरीसयौँ ड्रोनले आक्रमण गरेपछि जवाफमा किएभले गरेको आक्रमणका क्रममा दुई ड्रोन फिनल्याण्डमा खसेका थिए ।

“कुनै पनि युक्रेनी ड्रोनहरू फिनल्याण्डतर्फ निर्देशित थिएनन्। सबैभन्दा सम्भावित कारण रूसी इलेक्ट्रोनिक युद्ध प्रणालीको हस्तक्षेप हो। हामीले यस घटनाका लागि फिनल्याण्डसँग माफी मागेका छौँ,” युक्रेनी विदेश मन्त्रालयका प्रवक्ता जर्जी टाइकीले पत्रकारहरूसँग भने ।

युक्रेनले गत हप्ता फिनल्याण्डको खाडी नजिककोरूसी तटमा बन्दरगाह सुविधाहरूमा धेरै पटक आक्रमण गरेको थियो । फिनल्याण्डको रक्षा मन्त्रालयका अनुसार फिनल्याण्डले आइतवार एफ÷ए–१८ हर्नेट लडाकू विमान पहिचानका लागि पठाएको थियो।

एउटा ड्रोन दक्षिणी फिनल्याण्डको कोउभोला शहरको उत्तरमा खसेको थियो भने अर्को कोउभोलाको पूर्वमा खसेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *