जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छः नेता खड्का

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पूर्वउपसभापति पूर्णबहादुर खड्काले जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्ने बताएका छन् ।

कांग्रेसबाट निर्वाचित सांसदलाई बधाई दिन आज यहाँ आयोजित कार्यक्रममा उनले संविधान रक्षाका लागि दृढताका साथ उभिन आग्रह गरे । उनले पार्टीको इतिहास, आदर्श र जनताको हितलाई केन्द्रमा राखेर संसद्मा आफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । संविधान संशोधनका मुद्दा उठेकाले सो विषयमा संसद्मा प्रवेश गर्नसक्ने हुँदा राष्ट्रियता, स्वाभिमान र संविधानका मौलिक अधिकारमा कुनै सम्झौता गर्न नहुने उल्लेख गरे ।

“यस पटकको संसद्मा वरिष्ठ र पुराना सांसदहरु धेरै छैनन्, पूर्वसांसदको अनुभवबाट सिकेर अगाडि बढ्नुपर्छ”, उनले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *