पार्टी अध्यक्ष ओलीको पक्राउविरुद्ध एमालेको प्रदर्शन, रिहा गर्न माग

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पक्राउविरुद्ध सोमबार पनि एमालेले प्रदर्शन गरेको छ । सोमबार एमालेका नेता तथा कार्यकर्ताहरु माइतीघरमा जम्मा भई सरकारविरुद्ध प्रदर्शन गरेका हुन् । उनीहरुले अध्यक्ष ओलीको रिहाइको माग गर्दै आन्दोलन गरेका हुन् ।

माइतीघरमा जम्मा भएका एमालेका कार्यकर्ताहरुले प्रतिशोधको आधारमा ओलीलाई पक्राउ गरेको बताएका छन् । सरकारी संरचना ध्वस्त बनाउन र जेनजीलाई उकासेको भन्दै गृहमन्त्री सुदन गुरुङ र प्रधानमन्त्री बालेन साहमाथि पनि छानविन गर्न उनीहरुले माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *