श्रम संस्कृति पार्टीद्वारा प्रधानमन्त्रीसँगको छलफल बहिष्कार

काठमाडौं । प्रधानमन्त्री बालेन साहले सांसदहरूसँग छलफल थालेका छन् । प्रधानमन्त्री साहले प्रदेशगत रूपमा सांसदहरूलाई सिंहदरबारमा बोलाएर छलफल गरेका हुन् । जारी छलफलमा सोमबार कोशी र सुदूरपश्चिमका सांसद सहभागी छन् ।

तर, हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले भने बहिष्कार गरेको छ । अध्यक्ष साम्पाङले आफूहरू कोठे बैठकमा सहभागी नहुने बताएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रधानमन्त्रीले संसद्को पहिलो बैठक बोलाउनुपर्छ । संसद् नबोलाएर गरिने कोठे बैठकमा हामी जाँदैनौँ । हप्ताको एक पटक कम्तीमा पनि संसद् बैठक राख्नुपर्छ । जनताको प्रश्नदेखि सरकार भाग्न पाउँदैन।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *