काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई हिरासतबाट मुक्त गरिनुपर्ने मागसहित सर्वोच्च अदालतमा दायर भएको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदैछ ।
उनीहरुलाई हिरासतमुक्त गर्न माग गर्दै आइतबार बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको थियो । रिटमा गौरीबहादुर कार्कीको जाँचबुझ आयोगको प्रतिवेदनको सिफारिसका आधारमा मात्रै पक्राउ गरी थुनामा राखिएको कार्य गैरकानूनी रहेको जिकिर गरिएको छ ।
कुनै पनि छानबिन निकायको सुझाव वा प्रतिवेदनकै भरमा व्यक्तिलाई सीधै पक्राउ गर्ने प्रक्रिया कानूनसम्मत नहुने उल्लेख गर्दै रिहाइको माग गरिएको छ । जेनजी आन्दोलनमा दमन गरेको आरोपमा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता लेखक शनिबार पक्राउ परेका थिए ।
