रोहित र रिकेल्टनको अर्धसतकमा मुम्बईको एतिहासिक जित

एजेन्सी । इन्डियन प्रिमियर लिग(आईपीएल)मा मुम्बई इन्डियन्सले एतिहासिक जित निकालेको छ । आइतबार राति भएको खेलमा कलकता नाइट राइडर्सलाई ६ विकेटले हराउँदै मुम्बईले १४ वर्षपछि आईपीएलको आफ्नो पहिलो खेलमा जितमा निकालेको हो ।

जितको लागि २ सय २१ रनको विजयी लक्ष्य पछ्याएको मुम्बईले १९.१ ओभरमा ४ विकेटको क्षतिमा २ सय २४ रन बनाउँदै जित निकालेको हो । मुम्बईको लागि रोहित शर्मा र रायन रिकेल्टनले अर्धसतक बनाए । रिकेल्टनले ४३ बलमा ८ छक्का र ४ चौकाको मद्दतमा सर्वाधिक ८१ रन बनाउँदा रोहित शर्माले ७८ रन बनाए । उनले ३८ बलमा ६ चौका र ६ छक्का हिर्काए । यस्तै तिलक बर्माले २०, कप्तान हार्दिक पान्ड्यले नटआउट १८, तिलक बर्माले २० र नमन धिरले नटआउट ५ रन बनाए ।

कलकताको लागि भैभव अरोरा, कार्तिक ट्यागी र सुनिल नारिनेले समान एक/एक विकेट लिए ।

यसअघि मुम्बईस्थित वानखेडे स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको कलकताले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २ सय २० रन बनाएको थियो । कलकताको लागि कप्तान अजिंके रहाणे र अन्ग्क्रिश अघुवंशीले अर्धसतक बनाए । रहाणेले ४० बलमा ६ छक्का र ३ चौकाको मद्दतमा ६७ रन बनाउँदा रघुवंशीले ५१ रन बनाए । उनले २९ बलमा ६ चौका र दुई छक्का हिर्काए । यस्तै फिन एलिनले ३७, रिंकु सिंहले नटआउट ३३, क्यामेरोन ग्रिनले १८ र रमनदिप सिंहले चार रन बनाए ।

मुम्बईको लागि शार्धुल ठाकुरले तीन विकेट लिँदा हार्दिक पान्ड्यले एक विकेट लिए ।

जितसँगै मुम्बईले दुई अंक जोडेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *