एजेन्सी । अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा फ्रान्सले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा फ्रान्सले कोलम्बियालाई ३-१ गोलले पराजित गरेको हो ।
नर्थवेस्ट स्टेडियममा भएको खेलमा फ्रान्सलाई जित दिलाउन डेसिर डोएले दुई गोल गर्दा मार्कुस थुरामले एक गोल थपे। कोलम्बियाको लागि जामिन्टन काम्पाजले सान्तवना गोल फर्काए । खेलको २९ औँ मिनेटमा डोएले गोल गर्दै फ्रान्सलाई शुरुवाती अग्रता दिलाएका थिए । ४१ औँ मिनेटमा थुरामले गोल गर्दै फ्रान्सलाई पहिलो हाफमा २-० गोलको अग्रता दिलाए ।
५६ औँ मिनेटमा डोएले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सलाई सहज जिततर्फ अगाडि बढाएका थिए । ७७ औँ मिनेटमा काम्पाजले गोल गर्दै कोलम्बियालाई ३-१ गोलको स्थितिमा ल्याएका थिए । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा फ्रान्स ३-१ गोलले विजयी भएको थियो ।
