प्रवेश परीक्षा तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने शिक्षामन्त्रीको निर्णय

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले ब्रिज कोर्स बन्द गर्ने निर्णय गरेका छन् ।

आइतबार शिक्षामन्त्री पोखरेलले आगामी वैशाख १ गतेदेखि ब्रिज कोर्स बन्द गर्ने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले जनाएका छन्।

उनका अनुसार, ब्रिज कोर्स बन्द गराउने चैत १३ मा मन्त्रीस्तरबाट निर्णय भएको हो । त्यस्तै, विद्यालयका तहका विभिन्न कक्षा र उच्च शिक्षका विभिन्न तहका भर्नालाई लक्षित प्रवेश परीक्षा तयारी कक्षा पनि बन्द गर्ने निर्णय भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *