कुलमानको चुनावी खर्च १४ लाख १० हजार

काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन आयोगमा बुझाइएको विवरणअनुसार घिसिङले चुनाव अवधिभर जम्मा १४ लाख १० हजार ८० रुपैयाँ खर्च भएको उल्लेख गरेका छन् ।

उनले नमुना मतपत्र, ब्यानर, पर्चा र प्रतिबद्धता पत्र छपाइका लागि ३ लाख ८० हजार रुपैयाँ खर्च भएको उल्लेख गरेका छन् । त्यसैगरी, सवारी साधन भाडामा १५ दिनका लागि ३ लाख २० हजार, ब्याची, टोपी र झन्डा छपाइमा ३ लाख १० हजार तथा घरदैलोका क्रममा खाना खर्चबापत २ लाख ७० हजार ८१ रुपैयाँ खर्च भएको देखाइएको छ ।

घिसिङले कार्यालय कोठा भाडा र सञ्चालन खर्चबापत एक महिनाको १ लाख २० हजार र मनोनयन दर्ता शुल्क १० हजार रुपैयाँ बुझाएको विवरणमा उल्लेख छ । उनी काठमाडौँ निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *