जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनका लागि काठमाडौँ परिसरमा

काठमाडौं । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन सरकारले प्रहरीकोमा पठाएको छ । सरकारले प्रतिवेदन कार्यान्वनका लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाएको हो ।

आयोगले भदौ २३ र २४ गतेका घटना छानबिन गरेको थियो । आयोगले फागुन २४ मा अन्तरिम सरकारलाई प्रतिवेदन बुझाएको थियो । सोही प्रतिवेदन कार्यान्वयनका निम्ति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट गृह मन्त्रालय हुँदै परिसर आइपुगेको परिसरका प्रवक्ता एवं एसपी पवनकुमार भट्टराईले जानकारी दिए ।

प्रहरीले सोही प्रतिवेदनका आधारमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिसकेको छ । प्रहरीले अब पक्राउ गरिनुपर्ने थप मानिसको पहिचान र पक्राउको प्रक्रिया पनि शुरू हुने बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *