तोलामा पाँच हजारले बढ्यो सुनको मूल्य

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनचाँदीकोे मूल्य बढेको छ । सुन तोलामा पाँच हजारले र चाँदी ५० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ८६ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ७२० रुपैयाँ कायम भएको छ ।

गत शुक्रबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ८१ हजार र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार ६७० कायम भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार १७० र त्यति नै परिमाणको चाँदी ८६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *