मध्यपूर्व वार्ताको मध्यस्थता गर्दै पाकिस्तान

पाकिस्तान । पाकिस्तानले मध्यपूर्वको युद्ध सामाधानार्थ वार्ताको लागि साउदी अरेबिया, टर्की र इजिप्टका विदेश मन्त्रीहरू इस्लामाबादमा आउने तयारी भएको जनाइएको छ ।

पाकिस्तानी विदेश–मन्त्री इशाक दारले आफ्ना समकक्षीहरूलाई आमन्त्रित गरेका थिए भने उनीहरू आइतबार र सोमबार पाकिस्तानी राजधानीमा हुने बताइएको छ ।

भ्रमणको क्रममा विदेश मन्त्रीहरूले यस क्षेत्रमा तनाव कम गर्ने प्रयास सहित विभिन्न विषयमा गहन छलफल गर्ने विदेश मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको छ । विदेशमन्त्रीहरूले पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफलाई पनि भेट्ने कार्यक्रम रहेको बताइएको छ ।

विदेश मन्त्रालयको स्रोतले यसअघि सोमबार वहु–पक्षिय बैठक हुने र प्रतिनिधिमण्डल आइतबार साँझ सम्म पाकिस्तान पुग्ने अपेक्षा गरेको जनाएको थियो ।

द्वन्द्व बढ्दै जाँदा इरान र संयुक्त राज्य अमेरिका बीच एक प्रमुख सहयोगीको रूपमा देखा पाकिस्तान परेको छ, जसले दुई पक्षहरू बिचको सन्देशका लागि मध्यस्थताको रूपमा काम गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *