नेकपाले भन्यो-कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्दा विधिको शासन उल्लंघन नहोस्

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनका सन्दर्भमा चालेको कदमबाट द्वन्द्व सिर्जना हुने कार्य हुन नहुने बताएको छ ।

शनिबार नेकपाले विज्ञप्ति जारी गरी कुनै पनि कदम चाल्दा सरकारले विधिको शासन, कानुनी प्रक्रिया र निष्पक्षताको मान्यता उल्लंघन नगर्न आग्रह गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘यस सन्दर्भमा हाम्रो पार्टी कुनै पनि कदम चाल्दा सरकारले विधिको शासन, कानुनी प्रक्रिया र निष्पक्षताको मान्यता उल्लंघन नगरोस् र राजनीतिक पूर्वाग्रह राख्ने तथा द्वन्द्व सिर्जना हुने कार्य नहोस् भन्ने आग्रह गर्दछ ।’

शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो । शनिबार बिहानै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *