कांग्रेसले भन्यो-हतारमा गरिएको निर्णयले देश पुनः द्वन्द्वमा जानसक्छ

काठमाडौँ । नेपाली कांग्रेसले गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वनयका नाममा हुने कारबाही उत्तेजना र आवेगमा आएर नभई कानूनी प्रक्रिया बमोजिम हुनुपर्ने बताएको छ ।

कांग्रेस प्रवक्ता देवराज चालिसेले शनिबार विज्ञप्ति जारी गरी हतारमा गरिएको निर्णयले कानूनको शासन कमजोर हुनसक्ने भन्दै ध्यान दिन सरकारलाई आग्रह गरेका हुन् ।

प्रवक्ता चालिसेद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘भदौ २३ र २४ का घटनाका सम्बन्धमा सम्बन्धित व्यक्ति तथा संस्थाहरूको निष्पक्ष, पारदर्शी र विधिसम्मत ढंगले अनुसन्धान, अभियोजन लगायत सम्पूर्ण कानुनी प्रक्रिया अगाडि बढाइनुपर्छ भन्नेमा नेपाली कांग्रेस स्पष्ट छ। हामी फरि पनि प्रष्ट गर्न चाहन्छौं –भदौ २३ गतेको घटनामा संलग्न सँगै २४ गतेको आगजनी र विध्वंशमा संलग्न को थिए भन्ने पनि जनताले थाहा पाउनुपर्छ। दुवै दिनको घटनामा संलग्न जो सुकै भएपनि कारबाही हुनुपर्छ। त्यसमा हाम्रो साथ रहन्छ। तर त्यो कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ। यसमा सरकार स्वयं संयमित र परिपक्व नहुँदा हतारमा गरिएको निर्णयले कानूनको शासन कमजोर हुनसक्छ, देश पुनः द्वन्द्व र अस्थिरतातर्फ जान सक्छ । अतः यसतर्फ गम्भीर बन्न सरकारलाई नेपाली कांग्रेस आग्रह गर्दछ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *