काठमाडौं । पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेको विरोधमा एमालेको भ्रातृ संगठन अनेरास्ववियुले भृकुटीमण्डपमा प्रदर्शन गरेको छ । अध्यक्ष ओलीलाई तत्काल रिहा गर्न माग गर्दै अनेरास्ववियुले शनिबार टायर बालेर प्रदर्शन गरेको हो । पार्टीको निर्देशन अनुसार पार्टी निकट विद्यार्थी संगठनले सडकमा प्रदर्शन गरेको हो ।
ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको थियो । उनीहरुले बालेन सरकारले राजनीतिक प्रतिशोध राखेर पक्राउ गरेको भन्दै यसको भण्डाफोर गर्न आवश्यक रहेको बताएका छन् ।
