सरकारलाई संविधानविद् अधिकारीको सुझावः हतारमा होइन, विचारपूर्वक निर्णय गर्नु

काठमाडौं । संविधानविद् डा. विपिन अधिकारीले कार्की आयोगको प्रतिवेदन कार्यान्वयनमा हतार नगर्न सरकारलाई सुझाव दिएका छन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेपछि सामाजिक संजालमार्फत अधिकारीले सरकारलाई विचारशील काम गर्न सुझाव दिएका हुन् ।

उनले भनेका छन्, ‘केही समय लिनुहोस्। हतारमा गरिएका प्रतिक्रियाभन्दा विचारपूर्वक गरिएका निर्णयहरूले अझ बलियो परिणाम दिन्छन् । आजको स्पष्टताले भोलिको आत्मविश्वास निर्माण गर्छ । कार्की आयोगको प्रतिवेदन छिटो बाटो होइन । यसले हतार होइन, स्पष्टता, अध्ययन र विचारशील कार्यको आह्वान गर्दछ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *