एजेन्सी । अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा स्पेन विजयी भएको छ । गएराति भएको खेलमा स्पेनले सर्बियालाई ३-० गोलले पराजित गरेको हो ।
घरेलु मैदानमा भएको खेलमा स्पेनलाई जित दिलाउन मिकेल ओयार्जाबालले दुई र भिक्टर मुनोजले एक गोल गरे । खेलको १६ औँ मिनेटमा ओयार्जाबालले गोल गर्दै स्पेनलाई शुरूवाती अग्रता दिलाएका थिए । ४४ औँ मिनेटमा ओयार्जाबालले व्यक्तिगत दोस्रो गोल गर्दै स्पेनको अग्रता दोब्बर बनाए ।
७२ औँ मिनेटमा मुनोजले गोल गर्दै स्पेनलाई ३-० गोलको जित दिलाएका हुन् ।
गएरातिनै भएको अन्य खेलमा जर्मनीले स्विट्जरल्याण्डलाई ४-३ गोलले पराजित गर्दा इंग्ल्याण्ड र उरुग्वेले १-१ गोलको बराबरी खेलेका हुन् ।
