पूजापाठ गरेर सरकारी निवास प्रवेश गरे प्रधानमन्त्री बालेन

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री बालेन साह सरकारी निवास बालुवाटार प्रवेश गरेका छन् । प्रधानमन्त्री साहहले शुक्रबार दिउँसो शीतलनिवासमा आयोजित समारोहकाबीच राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण गरेलगत्तै सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पुगेर पदभार ग्रहरण गरेका थिए ।

त्यसलगत्तै मन्त्रिपरिषद्को बैठक सम्पन्न गरेपश्चात उनी बालुवाटारस्थित सरकारी निवासमा प्रवेश गरेका हुन् । निवास प्रवेश गर्नुअघि उनले पूजापाठ गरेका थिए । निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीले आजै सरकारी निवास छोडेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *