इरानले मध्यस्थकर्तामार्फत दियो १५ बुँदे अमेरिकी प्रस्तावको जवाफ

वासिङटन । इरानले अज्ञात मध्यस्थकर्ताहरूमार्फत युद्ध अन्त्य गर्ने १५ बुँदे अमेरिकी योजनाको जवाफ दिएको इरानी अधिकारीलाई उदृत गरी तस्निम न्यूज एजेन्सीले जानकारी गराएको छ । अब इरानले वाशिङ्गटनको थप जवाफको पर्खाइमा रहनेछ ।

पाकिस्तानी अधिकारीहरूका अनुसार अमेरिकी योजनाको वास्तविक विषयवस्तु, पाकिस्तानमार्फत इरानलाई जानकारी गराइएको छ तर प्रस्तावमा के छ आधिकारिक रूपमा जानकारी गराइएको छैन ।

अमेरिकाले प्रस्ताव गरेका १५ बुँदामा इरानले दिएको जवाफ मध्यस्थकर्तामार्फत गएराति पठाइएको थियो र इरानले अर्को पक्षको प्रतिक्रियाको पर्खाइमा रहेको जानकारी प्राप्त गरेको स्रोतलाई उदृत गर्दै तस्निमले जनाएको छ ।

इरानले पाँच बुँदे प्रतिप्रस्ताव पठाएर जवाफ दिएको स्रोतले जनाएको छ। पाँच बुँदामा ‘आक्रामकता’ को अन्त्य गर्दै इजरायल र संयुक्त राज्य अमेरिका युद्धबाट फर्कने, इरानलाई आर्थिक क्षतिपूर्ति दिने र इजरायलले लेबनानमा हेजबुल्लाह र गाजामा हमाससँगको युद्ध रोक्नेजस्ता सबै मोर्चामा शत्रुताको अन्त्य गर्ने सुनिश्चितताको लागि संयन्त्रको स्थापना गर्ने कुरा उल्लेख गरेको बताइएको छ।

स्रोतले इरान महत्त्वपूर्ण ‘स्ट्रेट अफ हर्मुज’माथि आफ्नो सार्वभौमिकतालाई मान्यता दिन पनि चाहन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *