अमेरिकासँगको व्यापार कर सम्झौता इयूको संसदबाट ससर्त अनुमोदन गर्ने सङ्केत

ब्रसेल्स । युरोपेली युनियनका सांसदहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग युरोपेली संघको व्यापार कर सम्झौतालाई सर्तसहित अनुमोदन गर्ने सङ्केत दिएका छन्, जसलाई युरोपले बचाउन चाहन्छ र इयूले विश्वभरको व्यापार सम्बन्धलाई विविधीकरण गर्न पनि दौडिरहेको छ।

ब्रसेल्स र वाशिङ्गटनबिच गत ग्रीष्म ऋतुमा इयुका अधिकांश सामानहरूको लागि १५ प्रतिशत कर निर्धारण गर्ने सम्झौता भएको थियो ।

राष्ट्रपति ट्रम्पले स्टिल, एल्युमिनियम र कारका पार्टपुर्जाहरूमा भारी कर सहित सन् २०२५ को अतिरिक्त कर लगाउने नीतिले २७ देशहरूको समूह ययुलाई विश्वभरि व्यापार सम्बन्ध विकास गर्न बाध्य बनाएको थियो ।
इयूले त्यसपछि दक्षिण अमेरिकादेखि अष्ट्रेलियासम्म सम्झौताहरूमा हस्ताक्षर गरेको छ र अन्यलाई पछ्याइरहेको छ।

यसको अर्थ यो होइन कि उसले आफ्नो सबैभन्दा ठूलो व्यापार साझेदार अमेरिकासँगको १.६ ट्रिलियन युरो (१.९ ट्रिलियन डलर) सम्बन्धबाट टाढा जान चाहन्छ।

युरोपेली सङ्घका अधिकांश सांसदहरूले सन् २०२५ को सम्झौता कार्यान्वयन गर्ने पहिलो कदमको रूपमा केही अमेरिकी आयातमा इयुको करवृद्धि कटौती गर्न सहमति जनाएका छन् ।

“आजको मतदान एक महत्त्वपूर्ण प्रक्रियागत कदम हो र इयु आफ्नो वचनमा अडिग छ भन्ने राजनीतिक सङ्केत हो,” युरोपेली सङ्घका अर्थव्यवस्था प्रमुख वाल्डिस डोम्ब्रोभ्स्किसले मतदानअघि बिहीबार संसदीय बहसमा भने ।

युरोपेली सङ्घका व्यापार आयुक्त मारोस सेफकोभिकले यो कदमलाई ‘महत्वपूर्ण कदम’ भन्दै शुक्रबार क्यामरुनमा विश्व व्यापार सङ्गठनको बैठकका क्रममा अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रीरसँग भेट गर्ने बताए ।

युरोपेली सङ्घका लागि अमेरिकी राजदूत एन्ड्रयु पुज्दरले पनि मतदानको तयारीपछि यसको स्वागत गरेका छन् ।

उनले सामाजिक सञ्जाल एक्समा भने, “तपाईहरुको प्रयासका लागि धन्यवाद, हामी अमेरिका–इयु व्यापार सम्बन्धमा एक महत्वपूर्ण कोशेढुङ्गाको नजिक छौँ, जसले हाम्रा व्यवसाय, कामदार र उपभोक्ताका लागि ट्रान्सएटलान्टिक स्थिरता र आर्थिक अवसर प्रदान गर्नेछ ।”

पुज्दरले यसअघि इयुलाई संशोधन बिना नै सम्झौता पारित गर्न सुझाब दिएका थिए । अमेरिकी कर सम्झौता इयुले लागू गर्नुअघि यसका लागि अझै इयु राष्ट्रहरूसँग वार्ता गर्न आवश्यक छ जुन वार्ता कठिन हुने अपेक्षा गरिएको छ तर इयु कूटनीतिज्ञहरूले यो चाँडै समाप्त हुने आशा गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *