नेपाल बार एसोसिएसनद्वारा कार्की आयोगको प्रतिवेदन अध्ययन गर्न समिति गठन

काठमाडौं । नेपाल बार एसोसिएसनले भदौ २३ र २४ गतेको जेनजी घटनासम्बन्धी छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन अध्ययन गर्न समिति गठन गरेको छ ।

बारले अध्यक्ष एवं वरिष्ठ अधिवक्ता प्रा. डा. विजयप्रसाद मिश्रको अध्यक्षतामा समिति गठन गरेको हो । समितिमा वरिष्ठ अधिवक्ता सुजन लोप्चन, टीकाराम भट्टराई र डा. दिनमणि पोखरेल सदस्य तथा महासचिव वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइराला सदस्य सचिव रहेका छन् ।

समितिले प्रस्तुत गर्ने प्रतिवेदनपछि एसोसिएसनले आफ्नो धारणा सार्वजनिक गरी आवश्यक कार्यक्रम सञ्चालन गर्ने महासचिव कोइरालाले जानकारी दिए । बारले कार्की आयोगको प्रतिवेदनले तोकिएको कार्यक्षेत्रभन्दा बाहिर गई शक्ति विभाजनको सिद्धान्तलाई बेवास्ता गरेको भन्दै ध्यानाकर्षण गराएको छ।

बारले विशेषगरी ‘सर्वोच्च अदालतका सबै न्यायाधीशको पूर्ण इजलासले संविधान र कानून आफैं संशोधन गर्न सक्नुपर्छ’ भन्ने जस्ता विषयप्रति असहमति जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *