काठमाडौं । प्रतिनिधिसभामा नवनिर्वाचित सांसदहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार दिउँसो प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सांसदहरुलाई शपथ ग्रहण गराएका हुन् ।
संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले सबै सांसदहरुलाई स्वागत गर्दै चैत ५ गते परिणाम निर्वाचन आयोगले राष्ट्रपतिलाई बुझाएको बताएका थिए । संसदा निर्वाचित सदस्यले पहिलो बैठकमा भाग लिनुअघि शपथ लिनुपर्ने प्रावधान रहेको छ ।
सोहीअनुसार प्रतिनिधिसभाका सदस्यहरुलाई शपथ ग्रहण गराइएको हो । यसअघि प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीले बुधबार राष्ट्रपतिसमक्ष शपथ लिएका थिए । अब शुक्रबार रास्वपाका वरिष्ठ नेता बालेन साहले राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीको शपथ लिने कार्यक्रम छ ।








