काठमाडौँ । प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यको पद तथा गोपनीयताको शपथ आज हुँदैछ । आज दिउँसो २ बजे शपथ समारोह हुँदैछ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय भएको छ । शपथमा सहभागी हुन सांसदहरू धमाधम सिंहदरबारस्थित संसद् भवनको हलमा पुगिरहेका छन् ।
संसद् सचिवालयका अनुसार ६३ जना सांसदले नेपाली बाहेकको मातृभाषामा शपथ लिँदैछन् । आ–आफ्नै भेषभूषामा शपथका लागि उनीहरु सिंहदरबार पुगेका छन् ।



