राखेपद्वारा एन्फालाई निलम्बन

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्(राखेप)ले अखिल नेपाल फूटबल संघ(एन्फा)लाई निलम्बन गरेको छ । राखेपको बुधबार बेलुकी बसेको कार्यकारी समिति बैठकले एन्फालाई तीन महिनाको लागि निलम्बन गर्ने निर्णय गरेको हो ।

राखेपको कार्यकारी समितिले एन्फालाई गैरकानुनी रूपमा चैत १३ गते निर्वाचन गर्न लागेको भन्दै कारवाही किन नगर्ने भन्दै २४ घण्टाभित्र सफाइ पेश गर्ने भनेको थियो ।

जवाफमा एन्फाले चैत १३ गते झापामा गर्न लागिएको निर्वाचन स्थगित गर्दा फिफा र एएफसीको सहयोग स्थगित हुने बताउँदै निर्वाचन सम्पन्न गर्नुपर्ने बताएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *